धनगढीका एक पुरुषको मोटरसाइकल दुर्घटनामा मृत्यु
2021/08/03, 4:39
 
dd

धनगढीका एक पुरुषको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का ४१ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार पूर्वपश्चिम राजमार्गअन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना भएको हो।

‘पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा मोटरसाइलक अनियन्त्रित भएर दुर्घटना भएको हो,’ प्रहरी नायब उपरीक्षक विष्टले भने, ‘चौधरीको घटनास्थलमै मृत्यु भएको हो।’

उनका अनुसार सोमबार राति नै दुर्घटना भएपनि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।