
सुदूरपश्चिममा मंगलबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २० जना निको भएर घर फर्किएका छन्।

प्रदेशमा ८ सय २० जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १ सय ९१ नमुना परीक्षण गर्दा २८ जना र महाकाली अस्पतालमा १६ जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। यस्तै डडेल्धुरा अस्पतालमा ६ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको स्वास्थ्य निर्देशनालय जनाएको छ।
यस्तै प्रदेशभर ५ सय ९७ जनाकोे एन्टिजेन बिधिबाट नमूना परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयल जनाएको छ। मंगलबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको जनाइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 6:54
2020/11/27, 1:02
2021/03/10, 7:42
2021/10/07, 3:44
2023/09/17, 7:27