दार्चुलामा आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाईने भएको छ । जिल्लामा ४५ वर्ष देखि ४९ वर्ष उमेर समुहका व्यक्तिहरुलाई लगाउनका लागि जोन्सन एण्ड जोन्सन खोप जिल्ला पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका नौ वटै स्थानीय तहका विभिन्न स्वास्थ्यकेन्द्रहरुबाट जोन्सन एण्ड जोन्सन खोप प्रदान गरिने बताइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टका अनुसार जिल्लाको महाकाली नगरपालिकामा १४३ डोज खोप पठाइएको छ भने व्यासँ गाउँपालिकामा ३२ डोज खोप उपलब्ध गराइएको छ ।
यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकामा ११० डोज दुुहुँ गाउँपालिकामा ८५ डोज मार्मा गाउँपालिकामा ११० डोज तथा अपि हिमाल गाउँपालिकामा ३५ डोज खोप पठाइएको खोप सुपर भाइजर भट्टले बताए । जिल्लाको लेकम गाउँपालिकामा ७० डोज नौगाड गाउँपालिकामा १२५ डोज तथा शैल्यशिखर नगरपालिकामा २१० डोज खोप पठाइएको छ ।
यो खोप लगाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाका लागि ५ हजार डोज खोप उपलब्ध गराएको छ । जिल्लाका ९२ वटा खोप केन्द्रहरुबाट खोप कार्यक्रम संञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कोभिड १९ विरुद्धको खोप लगाउन बाकी पुर्ण अशतm अपांगता वर्ग क र ख भएका नागरीकहरु लगायत यस अघि लगाउन छुट भएका स्वास्थ्यकर्मी,सरसफाईकर्मीहरु ,सुरक्षाकर्मी तथा संञ्चारकर्मीहरुलाई खोप लगाइने सुपर भाइजर भट्टले बताए ।
जोन्सन एण्ड जोन्सन खोप विशेषगरी उमेर समुहको हकमा उमेर खुल्ने आधिकारीक प्रमाण पत्र तथा सो नभएमा पालिका वडाबाट उमेर खुल्ने कागजात ल्याउनु पर्ने छ । विश्वविद्यालय र विद्यालयहरुको शिक्षक कर्मचारीको हकमा सम्बन्धित संस्थाको आधिकारीक परिचयपत्रको आधारमा जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको हो ।