ब्याँस गाउँपालिका–२ मालका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भको घट्नाका सम्बन्धमा सदरमुकाम खलंगामा बिभिन्न संघसंसस्था, प्रत्यक्षदर्शीहरुसंगको छलफलपछि गृह मन्त्रालयको छानबिन टोली आज घट्नास्थल जाने भएको छ ।
दार्चुलाको व्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी एसएसबीले तुईन काटेपछि महाकाली नदीमा बेपत्ता भएको घट्ना बाहिर आएपछि गृहमन्त्रालयको छानबिन टोली दार्चुला पुगेको थियो ।सहसचिव जनार्दन गौतमको टोली प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी सहित सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, पत्रकार र प्रत्यक्षदर्शीसंग घट्नाका विषयमा छलफल गरेको थियो ।
छलफलमा सहभागी अधिकांश व्यक्तिले सीमावर्ती क्षेत्रमा नेपालीमाथि भारतीय अद्र्धसैनिक बलले गर्ने ज्यादती र दुव्र्यबहारका बारेमा जानकारी गराएका थिए ।आज छानबिन समिति पैदल घट्नास्थल जादैँछ ।
सदरमुकाम खलंगाबाट ब्याँस गाउँपालिका–२ माल पुग्न उक्त टोलीलाई दुई दिन लाग्नेछ । हेलिकोप्टरमा घट्नास्थल जाने कार्यक्रम भएपनि मौसमको प्रतिकुलताका कारण उक्त टोली पैदल घट्नास्थल जान लागेको हो ।