महाकाली तुइन प्रकरण: पीडितको घरमा पुगेर छानबिन टोली फर्कियो
2021/08/06, 11:10
 
ss

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालत र्फको घटनास्थल निरीक्षण गरेर सदरमुकाम फर्किएको छ। बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेको टोली आज व्याँस गाउँपालिका– २ मालगाउँमा पुगेर नेपालतर्फको घटनास्थल निरीक्षण गर्दै पीडित परिवारलाई भेटेको हो।

जयसिंह धामी खसेको घट्ना स्थल मलघट्टे अनुगमनमा गएको टोलीले पिडित परिवारलाई भेटेको गृह मन्त्रालयका सहसचिव एवं समितिका संयोजक जर्नादन गौतमले जानकारी दिए। आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यहाँ गएको टोलीले घटनास्थल अनुगमन गर्नुका साथै धामीको परिवार र छिमेकीलाई घटनाका बारेमा सोधपुछ गरेको जनाएको छ।

गृह मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा गठित छानबिन टोलीमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।

साउन १५ गते ब्याँस गाउँपालिका–२ मालघाटमा भारतीय एसएसबीले तुइन काटीदिदा स्थानिय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।