
सुदूरपश्चिममा शुक्रबार धबार कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेशभर कोरोना २२ जना निको भएर घर फर्किएका छन्।

प्रदेशमा ८ सय ९३ जनाको नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा १ सय २१ नमुना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा ४ जना र डडेल्धुरा अस्पतालमा ५० जनाको नमुना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
यस्तै प्रदेशभर ६ सय ९६ जनाकोे एन्टिजेन बिधिबाट नमूना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयल जनाएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34