
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १७ जना कोरोनाको संक्रमण देखिएको छ।

शनिबार अस्पतालको प्रयोगशालामा १६९ जनाको नमूना परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा पछिल्लो २४ घण्टामा थप ४ जना बिरामी भर्ना भएका छन् भने १० जना निको भएर डिस्चार्ज भएका छन्।

हाल अस्पतालमा २३ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ६ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ भने ३ जनालाई भेन्टिलेटरमा राखिएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34