
बझाङको जयपुथ्वी नगरपालिका-११ स्थित बाउली नदीले बगाएका एक बालकको उद्धार गरिएको छ। शनिबार दिउँसो १२ बजेतिर नदीले बगाउदै गरेको अवस्थामा लालबहादुर पुन मगरले सेती नदी र बाउली नदीको दोभानबाट बालकको उद्धार गरेका हुन्।

खोला किनारमा साथीसगै खेल्न गएका सुर्मा गाउपालिकाका अन्दाजी १४ वर्षीय जयराम बोहोरालाई नदीले बगाएपछि उद्धार गरिएको हो। नदीमा बालक बगिरहेको देखेपछि तत्काल बालकको उद्धार गरेको मगरले बताए।
बालकलाइ चोट लागेकाले जिल्ला अस्पताल सिमखेतमा लगिएको छ। उनको अवस्था सामान्य रहेको बताईएको छ। उनलाई नदीले करिब ६० मिटर तल बगाएको थियो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15