धनगढी–स्याउले सडकखण्ड फराकिलो बन्ने भएपछि स्थानीय भन्छन्– गुणस्तरीय बनाउन हामी पनि लाग्छौं  
2021/08/07, 5:04
 
aa

काग्रेंस नेतृ डाक्टर आरज राणा देउवाको पहलमा धनगढी–स्याउले सडकखण्ड फराकिलो बनाउने तयारी थालिएपछि स्थानीय वासिन्दा खुशी भएका छन् । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणका लागि सडककको चौडाई काग्रेंस नेतृ डाक्टर आरजुको पहलमा फराकिलो बनाउने तयारी गरिएपछि स्थानीय वासिन्दाहरुले सडक निर्माणमा आफु पनि सहभागी हुने बताएका छन् । 

खड्का कृष्ण नारायणम जेभीले भ्याट बाहेक १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपल चौतारादेखि स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्रे गर्नका लागि काम सुरु भएकोमा डाक्टर आरजुको पहलमा सडकको चौडाई फराकिलो बनाईने भएको छ । त्यसका लागि आयोजना कार्यालयलाई सडक विभागले मौखिक निर्देशन समेत दिईसकेको छ । ५.५ मिटर चौडाई रहेको सडक काग्रेंस नेतृ डाक्टर आरजुको पहलपछि ७  मिटर चौडाई बनाउन आयोजना कार्यालयलाई विभागले निर्देशन दिएको हो । 

मोहनापुल अत्तरिया सडक खण्डको वैकल्पिक सडकको रुपमा रहेको धनगढी खुटिया सडक निर्माणका लागि आफुहरु पनि सहयोग गर्ने जोनापुरका स्थानीय विक्रम चौधरीले बताए । दैनिक रुपमा आवतजावत गर्दै आएको सडकको दुदर्शाबाट सडक निर्माणपछि छुटकारा पाईने उनको विश्वास छ । ‘सडक निर्माणको काम भईरहेको देखेका छौं । फराकिलो बन्ने खबर पनि आएको छ । यो हामी सबैको लागि खुशीको कुरा हो ।’ उनले भने–‘विहान साँझ यो सडकमा हिडेन भने हाम्रो काम नै हुदैंन । सडकमा धेरै ट्याक्टर ट्रकहरु पनि ढुङगा गिट्टी वालुवा बोक्छन् । अब बाटोलाई बलियो बनाउन हामीले पनि खबरदारी गर्छौ ।’

लामो समयदेखि अलपत्र सडकको निर्माणको काम भईरहेको अवस्थामा चौडाई फराकिलो बनाउने भएपछि यसले सहजता ल्याउने आशा स्थानीय वासिन्दाहरुको रहेको छ । सो सडक खण्डको बाटो चलनचल्तीमा १५ मिटरको चौडाई रहेको छ । ७ मिटरको चौडाई कालोपत्रे भएमा केही क्षेत्रमा नाली निर्माणपछि पनि बँच्ने देखिएको छ । त्यसमा आवतजावत सहजताका लागि साईकल ट्रयाक बनाउनुपर्ने आवाज स्थानीयहरुले उठाईरहेका छन् ।

फाष्टट्रयाकको चौडाई ३० मिटर रहेको भएपनि धनगढी स्याउले खण्डमा १५ मिटरको चलनचल्तीको बाटोलाई सदुपयोग गर्न सकेमा साईकल यात्राका लागि उपयुक्त हुने स्थानीयको आशा रहेको छ । सडकको चौडाई फराकिलो बनाउन पहल गरेकी काग्रेंस नेतृ डाक्टर आरजु राणा देउवाको सचिवालयले पनि बाँकी रहेको सडकखण्डको चौडाईको विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ । खाली जमीन राखेमा अतिक्रमण हुन सक्ने भएकोले त्यसलाई अतिक्रमण हुन रोक्नका लागि पनि साईकल ट्रयाक खोल्नुपर्ने स्थानीयको माग छ । 

सडक खण्ड चौडाई हुने भएपछि त्यसको गुणस्तरीय निर्माणका लागि पनि दबाब दिन स्थानीय अभियन्ता युवाहरु अग्रसर भएका छन् । उनीहरुले सडक खण्ड डिजाईन ईस्टिमेट अनुसार सडक निर्माणको काम गर्न निर्माण कम्पनीलाई दबाब दिदैं सोही अनुसारको अनुगमन पनि गरिरहेका छन् । सडक खण्ड गुणस्तरीय बनेमा मात्रै सडक निर्माणले सार्थकता पाउने भएकोले आफुहरु पनि लागेको स्थानीय युवा अभियन्ताहरुको भनाई रहेको छ । 

२०६४ सालमा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रुपमा सर्वे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि पूर्वपश्चिम राजमार्गदेखि धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार यस आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडकमा कालोपत्रे गर्ने सम्झौता भएको छ ।

आयोजनाका अनुसार स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नाली समेत निर्माण हुनेछ । अब सो नाली सडकको चौडाई बढेसँगै सडकको नाली पनि पछाडी बनाउनुपर्ने स्थानीय वासिन्दाहरुको माग रहेको छ । धनगढी–दिपायल द्रुतमार्गको साढे ४१ किलोमिटर खण्डमा अझै ट्रयाक क्लियर भइसकेको छैन । आयोजना कार्यालयका अनुसार डोटी खण्डमा ट्रयाक काट्ने काम सकिएको भए पनि त्यसलाई फिनिसिङ गर्न बाँकी छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ ।

कैलालीमा हाटखोलीदेखि ओझेनासम्मको २० किलोमिटरर डोटीमा तिखाभन्दा अगाडिदेखि विपिनगरसम्म ट्रयाक काट्नका लागि ठेक्का लिने ठेकेदारले ठेक्का पूरा गरेका छैनन् । ती ठेकेदार कम्पनीहरूले सम्झौता अनुसार काम सकेर ठेक्का पूरा गरेपछि मात्रै सो खण्डमा थप काम अगाडि बढाउन सकिने आयोजना कार्यालयले जनाएको छ ।