
प्राविधिक प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङको सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसीरहेका छन्।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्तामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गरिँदा बिसीले नक्कली परीक्षार्थी खडा गरी लिखित परीक्षा दिन लगाएको खुलेपछि उनलाई शुक्रबार साँझ पक्राउ गरिएको हो।
पक्राउ परेका बिसीलाई आवश्यक कारबाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको तालिम केन्द्रले जनाएको छ।
