
बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना प्रहरी हवलदार घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ४ का राम लुहार जंगली बँदेलको आक्रमणमा परी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

आइतबार बिहान घर नजिकैको बारीमा काम गर्न जाँदा लुहारलाई जंगली बँदेलले आक्रमण गरेको थियो । लुहारको हात र खुट्टमा चोट रहेको बताइएको छ ।
घाइते लुहारको जिल्ला अस्पताल बैतडीमा समान्य उपचार पछि थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक ओझाले बताए । लुहार महानगरीय प्रहरी कार्यालय काठमाडौँ रानीपोखरीमा कार्यरत रहेका र बिदामा घर आएका बताइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34