कञ्चनपुरको भीमदत्त नगरपालिकाले सरसफाइ शुल्क घटायो
2021/08/09, 2:54
 
dd

कञ्चनपुरको भीमदत्त नगरपालिकाले सरसफाइ शुल्क घटाएको छ । गत आर्थिक वर्षसम्म लिईदैँ आएको सरसफाइ शुल्क चालु आर्थिक वर्षबाट ५५ प्रतिशतले  घटाइएको हो । नगरपालिकाले ब्रह्मदेव–गड्डाचौकी क्षेत्रमा वार्षिक रु २ हजार ६ सय ४० (मासिक २ सय २०) शुल्क लिँदै आएकोमा चालु आर्थिकमा घटाएर १ हजार २ सयमा पु¥याएको छ ।  जुन साबिकको भन्दा झण्डै ५५ प्रतिशतले कम हो ।

त्यस्तै, महेन्द्रनगर बजारको ३ किलोमिटर आसपासका आवासीय क्षेत्रमा पनि प्रति घरबाट वार्षिक २ हजार ६ सय ४० रकम शुल्क लिईदैँ आएकोमा चालु आर्थिक वर्षमा भने घटाएर १ हजार ५ सय रुपैयाँमा मात्रै सीमित राखिएको छ ।भीमदत्त नगरपालिकाका नगर प्रवक्ता हिमाल चन्दले सबैलाई सरसफाइमा समेट्न शुल्क घटाइएको बताए ।

उनका अनुसार नगरपालिकाले सरसफाइ शुल्क बापत घरहरूबाट दैनिक रूपमा फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको छ । भीमदत्त नगरपालिकाले सरसफाइ व्यवस्थापनको दायरालाई फराकिलो बनाउँदै प्रगतिशील कर नीति अवलम्बन गरेको उनको भनाइ छ । नगरपालिकाले गत आर्थिक वर्षमा करिब २३ करोड रकम आन्तरिक राजस्व सङ्कलन गरेको बताइएको छ ।