
कैलाली प्रहरीले करिब ३५ हजार मूल्य बराबरको बेवारिसे सामान बरामद गरेको छ। आइतबार जिल्लाको टीकापुर नगरपालिकाको वडा नम्बर ९ स्थित पुरानो भन्सार इलाकाबाट उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

अन्दाजी ३४ हजार ६ सय सुल्य बराबरको अनार ७० किलो, माछा मार्ने जालमा लगाउने सिसा, चिनी २० किलो, नुन १०० किलो, प्याज १० किलो, स्यामल सुर्ती २ पाकेट, पवन सुर्ती ४ पाकेट, दाह्री काट्ने रेजर (सानो) २२ पाकेट, दाह्री काट्ने रेजर (ठुलो) १२ पिस, बिडी २ पाकेट, कमला पसन्द ५० पिस, साईकलको चेन ५ पाकेट, साईकलको बोल्ट १० पिस, साइकलको काबेल १० पिस र २ वटा साईकल सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सत्ती पठाइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34