
त्रिनगर- गौरीफन्टा नाकाबाट नगद ६ लाख बढी सहित एक जना पक्राउ परेका छ्न्।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारले ६ लाख एक हजार ५ सय सहित एक जना पक्राउ गरेको हो।
भारतबाट नेपाल आउने ब्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा भारतको साहजहाँपुर मोहल्लाका ४१ वर्षीय रजिनिस कुमारलाई पक्राउ गरिएको हो।

चेकजाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको ६ लाख १ हजार ५ सय रुपैँया बरामद गरिएको हो। आवश्यक कानूनी कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34