सुदूरपश्चिममा कोरोनाबाट एक जनाको मृत्यु, थप ३७ जनामा कोरोना पुष्टि
2021/08/09, 8:42
 
bb

सुदूरपश्चिममा सोमबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।

कैलालीका २८ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । ७९३ जनाको नमूना परीक्षण गर्दा थप ३७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त भएका छन् ।