
बिरामी बोकेर धनगढी आइरहेको स्कारपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। अछामबाट धनगढी आइरहेको सु.प.प्र. ०१ ००१ च २६५८ नम्बरको स्कारपियो कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सल्लेघारीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कर्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले दुर्घटनामा घाइते भएका स्कारपियो चालक अछामको साफेबगर नगरपालिका वडा नम्बर १ का गोपी धामीको अवस्था गम्भीर रहेको बताए।
‘स्कारपियोमा सवार साँफेबगर नगरपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय रमेश बुढाको अवस्था मध्यम रहेको छ,’ बिष्टले भने, ‘सोही ठाउँका मुकुन्द रावल र धनकला रावलको अवस्था सामन्य छ।’ स्कारपियो आफैँ अनियन्त्रित भएर सडकबाट दुई सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34