
दार्चुलामा १२ जना स्क्रब टाइफसका बिरामी फेला परेका छन्। ८ महिला र ४ जना पुरुष गरी १२ जनामा स्क्रब टाइफस देखिएको हो।

जिल्ला अस्पताल दार्चुलाका अनुसार साउन १३ गतेयता १२ जनामा स्क्रब टाइफस देखिएको छ। हाल संक्रमितमध्ये ११ जनालाई घर पठाइएको छ भने १ जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ। गत वर्ष जिल्लाभर ३४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। जसमध्ये २५ जना महिला थिए। संक्रमण महिलाहरुमा बढीजसो देखिइरहेको छ।
उनीहरु पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाँउमा घाँस तथा स्याउला सोतर गर्ने हुँदा बढी जोखिममा रहेकाले सरसफाइमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका छन्।

अहिलेसम्म जिल्लाका महाकाली नगरपालिका, लेकम, व्यास, मार्मा र मालिकार्जुन गाउँपालिका गरी पाँच स्थानीय तहमा स्क्रब टाइफस देखिएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34