
दार्चुलाका ३६ हजार बढी नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। जिल्लाका ३६ हजार ७७९ जना नागरिकले कोरोना भाइरसविरुद्धको विभिन्न खोपको पहिलो मात्रा लगाएका हुन्।

गत वर्षको माघ १४ गतेबाट दार्चुलाका ९ ओटै स्थानीय तहमा खोप लगाउन सुरु गरिएको थियो। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार हालसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाउने १४ हजार ५२५ जना र कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउने १७ हजार ३१५ जना रहेका छन्।
त्यस्तै भेरोसिलको दोस्रो मात्रा २ हजार ३५१, कोभिसिल्डको दोस्रो मात्रा २ हजार ६७९ र जोन्सन एण्ड जोन्सन खोप ४ हजार ९३९ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा हालसम्म ३० प्रतिशतले मात्रै कोरोनाविरुद्धको खोप लगाउन पाएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 2:30
2020/12/31, 6:17
2021/08/04, 1:55
2022/05/08, 3:34
2023/06/16, 1:34