नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडी संघ कैलालीले खेलाडीहरुलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका धनगढीका खेलाडीहरुलाई राहत वितरण गरिएको हो । दैनिक छाक टार्न समस्या भएका धनगढीका ४६ जना खेलाडीहरुलाई राहत वितरण गरिएको नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कैलालीका अध्यक्ष प्रकाश चन्दले जानकारी दिए ।
उनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका खेलाडीहरुलाई राहत वितरण कार्य जारी रहेको बताए । जिल्लाका अत्तरिया र टिकापुर क्षेत्रमा पनि राहत वितरण गर्ने तयारी रहेको उनले बताए । राहत नपाएर समस्यामा परेका खेलाडीहरुका लागि आफुहरु तयार रहेको उनको भनाई छ ।
साथै खेलाडीहरुलाई हेमोप्याथिक औषधी समेत वितरण गरिएको छ । उनले यसअघि कञ्चनपुरका खेलाडीहरुलाई समेत सहयोग गरिएको बताए । राहत कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वावुराजा श्रेष्ठ रहेका थिए । अध्यक्ष श्रेष्ठले खेलाडीहरु पनि कोरोनापछिको लकडाउनले मारमा परेकोले सवै मिली सहयोग गर्न आवश्यक रहेकोमा जोड दिए ।
राहतका लागि कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठ, सुप क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्ल, शुभश्री प्यालेसका प्रबन्ध निर्देश्क तथा सफ्टटेनिशका राष्ट्रिय खेलाडी कबिन्द्र पन्त, ॐ ट्रेड का प्रबन्ध निर्देशक तथा ब्याड्म्यान्टिन संघकैलाली का निबर्तमान अध्यक्ष महेश शाह, तेक्वान्दोका सुदुरपश्चिम प्रमुख गोविन्द बिष्ट, सुप क्षेत्रीय खेलकुद विकास समितीका पुर्व सदस्य लोकबहादुर खड्का, सुदुरपश्चिम फाउन्डेसन, राजन भट्ट, शसस्त्र प्रहरी नायव निरिक्षक किसन टेर , खेम रावत र रबि रोकाया लगायतले सहयोग गरेका थिए ।