प्रधानमन्त्रीद्वारा पारस खड्कालाई बालुवाटार बोलाएरै धन्यवाद र शुभकामना
2021/08/14, 2:56

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारी निवास बालुवाटार बोलाएर धन्यवाद र शुभकामना दिनुभएको छ ।

यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसलाई प्रधानमन्त्रीले नेपाली क्रिकेटको विकासको लागि दिएको योगदानप्रति आभार र धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले ट्विटरमा लेख्नुभएको छ, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् सरकारको साथ र सहयोग सधैं रहनेछ ।’

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04