
दुई दिनदेखि लगातार परेको वर्षाले पहिरो आउँदा जिल्लाको बुडर–जोरायल सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ विछल खोलामा पहिराले उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको हो।
पहिराका कारण छहरा झरना हेर्नका लागि तराईबाट आएका सयौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेको स्थानीयवासी डम्बर बोहराले जानकारी दिए।

सडक सञ्चालनका लागि दुई वटा जेसिबि मेसिन प्रयोग गरिएको भएपनि वर्षा नरोकिएकाले सडक चलाउन नसकिएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ।
बुडर जोरायल सडकका विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको जोरायल गाउँपालिका–२ पात्ताडाका स्थानीय रोहित बोहराले बताए।
2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:19
2021/01/14, 9:19
2021/09/28, 1:54
2022/08/20, 5:58