
कैलालीको त्रिनगर नाका भएर भारतबाट नेपालीहरु आउने क्रम जारी रहेको छ । शनिवार पनि एक हजार दुई सय बढि नेपाली भारतबाट फर्किएका छन ।

भारतका विभिन्न स्थानबाट त्रिनगर नाका भएर एक हजार दुई सय ७७ नेपाली फर्किएको प्रहरीले जनाएको छ । त्यस्तै ४ सय ८८ भारतीय नागरिक पनि सो नाका भएर स्वदेश फर्किएका छन ।
त्रिनगर नाकाबाट दैनिक दुई हजारदेखि ६ हजारको हाराहारीमा फर्किने गरेकोमा पछिल्लो केही दिनयता सो संख्या घटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36