
बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ मा सोमबार चट्याङ पर्दा वडा नम्बर ५ का २७ वर्षीय महेश लुहारको मृत्यु भएको हो। घरमा भैँसि ल्याइरहेका उनको चट्याङ लगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
यस्तै भैँसी पनि मरेको छ। उक्त घटनामा अन्य तीन जना घाइते भएका छन्। सोही गाउँपालिका वडा नम्बर ५ का अम्बु लुहार, वडा नम्बर ३ का हरिचन्द्र लुहार र शैल्यशिखर गाउँपालिका ९ का दीपक महर घइते भएको प्रहरीले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07