
कैलालीमा स्थानीय तहको फितलो व्यवस्थापनले खाना समेत नपाएको भन्दै क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन् । वर्दगोरिया गाउँपालिका वडा नम्बर–१ को बसन्त मुरारी मावि क्वारेन्टिानमा रहेकाहरुले जनप्रतिनिधि विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

क्वारेन्टिनको उचित व्यवस्थापन नगरेपछि आफूहरुलाई सास्ती भएको भन्दै आक्रोसित भएका स्थानीयले खानेपानी, शौचालयको उचित प्रबन्ध नगरिएको र स्वास्थ्य परीक्षणको माग गरिएको छ ।
उनीहरुले खानाको समेत व्यवस्था नभएपछि घरबाट ल्याएर खानुपर्दा जोखिम बढेको बताएका छन् । सो क्वारेन्टिनमा १४ महिला र ९३ पुरुष गरी भारतबाट फर्किएका एक सय ७ जनालाई राखिएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36