नवजीवनबाट सेती सारिएका बस चालक कोरोना संक्रमितको अवस्थामा सुधार हुदैं गएको छ । कोरोनाको संक्रमणपछि कडा खालको निमोनिया भएका गोदावरी नगरपालिका ४ का ४३ वर्षीय पुरुषको अवस्था आईतबार भन्दा केही सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उपचारमा संलग्न अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्माले कडा खालको निमोनियाले गम्भीर भएका संक्रमितको अवस्था केही सुुधारोन्मुख देखिएको बताए । तर आईसियुमा राखेर कृत्रिम अक्सिजन दिईरहेकाले अहिले नै केही भन्न सकिने अवस्था नभएको डाक्टर शर्माले बताए । कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टिन पुगाउने बसका चालक समेत रहेका ती पुरुषमा शनिबार राती कोरोना पुष्टि भएको थियो ।
नवजीवन अस्पतालको आईसियुमा राखेर उपचार गराईरहेको अवस्थामा कोरोना पुष्टि भएपछि सेती अस्पताल भर्ना गरिएको थियो । नवजिवन अस्पतालमा जान अघि उनी धनगढीकै माया मेट्रो अस्पतालमा पनि गएका थिए । माया मेट्रो अस्पतालले भर्ना हुनुपर्ने सुझाव दिएकोमा उनी भर्ना नभई सिधै घर गएको थिए भने अर्को दिन नवजिवन अस्पताल आएका थिए । उनले विभिन्न अस्पताल र क्लिनिकमा जाँच गरेको छ ।
ती वस चालक तथा बस व्यवसायीले धनगढी र अत्तरियाका विभिन्न अस्पताल र क्लिनिकमा जाँचका लागि गएको खुलेको छ । हालसम्म उनी उपचारका क्रममा अत्तरियाको ग्वासी क्लिनिकमा उपचारका लागि गएको पत्ता लागेको छ । अत्तरियापछि उनले धनगढीका अस्पताल र क्लिनिकमा पनि उपचार गराएको खुलेको छ । चटकपुरमा रहेको माया मेट्रो हस्पिटलको ओपिडी वार्डमा जाँच गराएको पनि पाईएको छ । धनगढीमा कोरोना वार्ड हेर्ने डाक्टर निराजनदत्त शर्माको निजि गरिमा क्लिनिकमा पनि उपचारका लागि गएको जनाईएको छ ।
डाक्टर शर्माकै रेफरमा उनी उपचारका लागि नवजीवन अस्पतालको आईसियुमा भर्ना भएका थिए । उनलाई आईसियुका लागि पनि डाक्टर शर्माले नै रेफर गरेको हेरेको वताईएको छ । नवजीवनको आईसियुका स्वास्थ्यकर्मीहरु आईसोलेसनमा गएका छन् । धनगढीकै माया मेट्रो अस्पतालको ओपिडी वार्डका स्वास्थ्यकर्मी सहित तीन जना आईसोलेसनमा वसिरहेका छन् तर उनी गएको अन्य स्थानहरुका कोही पनि आईलोसेनमा वसेका छैनन् भने उनको सम्पर्कमा आएकाहरुको पनि ट्रेसिङ भएको छैन । यसतर्फ कसैले ध्यान समेत दिएका छैनन् ।