किसान भन्छन्, ‘धानको बिउनै जोगाउन सकिएन’
2021/10/18, 11:20
 
dd

बेदकोट नगरपालिका–९ सुन्दरपुरका भक्तबहादुर घलेले आइतबार मात्रै साढे ३ विघा खेतमा लगाएको धान काटेका थिए । त्यो काममा परिवार मात्रै खटिएको थिएन, उनले ज्यालादारीमा कामदार पनि लगाएका थिए ।

तर, उनले वर्षाका कारण काटेको धान भित्र्याउन पाएनन् । ‘आइतबार मात्रै मान्छे लगाएर धान काटेको थिए,’ घलेले भने, ‘हिजो (आइतवार साँझ) देखि परिरहेको वर्षाले सबै काटेको धान डुबेको छ, यो पानी कहीलेसम्म पर्ने हो ?’ 

No description available.बिज वृद्धिका लागि लगाएको धानवालीमा वर्षाले क्षति पुगाएको उनी बताउँछन् । ‘करिब १ सय २० क्वीन्टल धान उत्पादन हुने अनुमान थियो,’ उनले भने, ‘अब त्यो धानको विउ नहुने भयो ।’
यस्तै सुन्दरपुरकै भोजराज पन्तको धानवालीमा पनि वर्षाले क्षति ग¥यो । उनको १ विघामा लगाएको धानवालीमा क्षति पु-याएको हो । ‘३ विघामा धान लगाएको थिए,’ उनले भने, ‘१ विघामा लगाएको धानवालीमा वर्षाले क्षति गरेको छ ।’ २\३ दिनसम्म यस्तै वर्षा भइरहे तरकारी खेतीमा पनि ठूलो क्षति पुग्ने उनले बताए । ‘अहिले त तरकारीमा खासै क्षति गरेको छैन्,’ उनले भने, ‘यस्तै पानी परिरह्यो भने तरकारी वालीमा नोक्सानी पुग्छ ।’ 

आइतबार बेलुकादेखि भइरहेको वार्षाका कारण कञ्चनपुरमा धानवाली र हिउँदे तरकारीमा नोक्सानी पुगेको छ । वर्षाले धानवालीमा ५\१० प्रतिशतसम्म क्षति पु-याएको हुन सक्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरको अनुमान छ । वर्षाले ढिला फल्ने धानवालीमा बढी क्षती गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताए ।

No description available.‘हिजोदेखि परिरहेको वार्षाले धानवाली तथा तरकारी खेतीमा क्षति गरेको छ,’ उनले भने, ‘धेरैले धानवाली भित्र्याएका थिए । ढिला फल्ने धानमा क्षति पुगेको छ ।’ वर्षाले धानवालीमा पु-याएको क्षतिको विवरण संकलन भइरहेको उनी बताउँछन् । ‘पालिकामा रहेका कृषि शाखाहरुको सहकार्यमा तथ्यांक संकलन गछौं,’ उनले भने, ‘बेलुकासम्म क्षतिको सबै विवरण तयार हुन्छ ।’

धान काटेर सुकाउन राखेको बेला अनपेक्षित वर्षातका कारण सुरक्षित स्थानमा राख्नसमेत नभ्याउँदा क्षति पुगेको किसानले बताए । डुवान क्षेत्रमा धान पानीमाथि तैरीएको अवस्थामा रहेको छ । जिल्लामा झन्डै ५० प्रतिशत धानबाली स्याहार्ने अवस्थामा पुगेको छ ।

No description available.जिल्लाको भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका, लालझाडि गाउँपालिका र बेल्डाँडी गाउँपालिका लगायत डुवान पर्ने अधिकांस क्षेत्रमा धानवाली र तरकारी खेतीमा बढि क्षति भएको छ । कञ्चनपुर जिल्लामा करिव ५० हजार भन्दा बढी हेक्टरमा धानवाली लगाइने गरिन्छ ।

तस्विरः डिल्लीराज पन्त