ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) का संस्थापक अध्यक्ष डाक्टर आरजु राणा देउवाको पहलमा धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिका वडा नं ६ र ९ मा स्थापना गरिएका क्वारेन्टिनका लागि सिल्भर फिल्टर उपलब्ध गराएको छ ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) कैलालीका अध्यक्ष ममता शाह, सचिव सुनीता राना र कोषाध्यक्ष प्रमिला लम्सालले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई फिल्टर र स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरेका हुन । ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) का संस्थापक अध्यक्ष डाक्टर आरजु राणा देउवाले कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नु नै उत्तम विकल्प भएको बताईन । कोरोनाको संक्रमण संग लडिरहेकाहरुलाई उच्च मनोबल बनाउन पनि देउवाले आग्रह गरिन ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) ले असहज अवस्थामा सहयोग गरेर उप–महनगरपालिकालाई ठूलो गुन लगाएको छ , नगरप्रमुख वडले भने, पटक पटक खाद्यान्न र स्वास्थ्य सामाग्री प्राप्त गरेका छौं ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र कैलालीका अध्यक्ष ममता शाहले डाक्टर देउवाको पहलमा सुत्केरी, अति बिपन्न र लकडाउनका कारण छाकटार्न समस्या भएकाहरुका लागि पोषिलो खाद्यान्न र स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको बताईन ।
नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयबिर सिंह देउवाको पहलमा स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराईएको छ । जयबिरले धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिका वडा नं ६ र ९ मा रहेका क्वारेन्टिनमा रहेकाहरुलाई गम्छा, ब्रस, मञ्जन, लुगाधुने साबुन, स्याम्पू, मास्क, मच्छर धुप र सेनेटरी प्याड उपलब्ध गराएका हुन । उनले ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) कैलाली मार्फत धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलारी गाउँपालिका वडा नं ९ का अध्यक्ष खेम चौधरी र वडा नं ६ का अध्यक्ष प्रेम चौधरीलाई स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरिएको हो ।
सामाग्री वितरणमा रुडुकका अध्यक्ष ममता शाह, सचिव सुनीता राना र कोषाध्यक्ष प्रमिला लम्साल, सदस्य सुनील रैका, मिना जोशी र फुन नारायण भुषालको सहभागिता रहेको थियो ।