सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा एक महिना यताकै धेरै कोरोना संक्रमित थपिए
2021/10/27, 7:13
 
dd

सुदूरपश्चिम प्रदेशमा करिब एक महिना यताकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ दिन अगाडी असोज ७ गते १ हजार ४१ नमूनाको कोरोना परिक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएकोमा त्यसयताकै धेरै संख्यामा बुधबार कोरोना संक्रमित थपिएका हुन ।

८ सय ४६ नमूनाको कोरोना परिक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले बुधबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जसमा एन्टिजेन विधिबाट ७ सय १६ नमूनाको कोरोना परिक्षण गर्दा ६ जना र पीसीआर बिधिबाट १ सय ३० नमूनाको कोरोना परिक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन विधिबाट गरिएको परिक्षणमा डडेल्धुराका ३, कञ्चनपुरका २ र कैलालीका १ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर बिधिबाट गरिएको परिक्षणमा कैलालीका २७, कञ्चनपुरका ३, दार्चुलाका २ र अन्य जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार ६ सय ७५ पुगेको छ । निर्देशनालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ जनाले कोरोना जितेका छ । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३७ हजार ६ सय ९३ पुगेको छ ।