
धनगढीमा घर भत्किएर बिचल्लीमा परेका किरियापुत्रीका लागि नेकपा एमाले निकट अनेरास्ववियूले टेन्ट सहयोग गरेको छ ।धनगढी उपमहानगरपालिका–१३ गेटीमा कच्ची घर भत्किएर त्रिपालमुनि बसेर बुवाको किरियामा बसेका धर्मबहादुर विकको परिवारका लागि अनेरास्ववियूका युवाले टेन्ट गाडिदिएका छन् ।

अनेरास्ववियू कैलालीका अध्यक्ष किशोर शाहले घर भत्किँदा ओत लाग्ने छानो नभएर त्रिपालमुनि बसेर आमाछोराले किरिया गरिरहेको थाहा पाएपछि बिहीबार गेटीमै पुगेर टेन्ट गाडेर पीडित परिवारलाई सहयोग गरिएको बताए । खाद्यान्न, नून, तेल, दाल र तरकारी पनि सहयोग गरेको उनले बताए ।
खुला आकाशमुनि बसेर श्रीमानको काजक्रिया गरिरहेकी ७० वर्षीया वृद्धा धौली विकले युवाहरुले विपद्का बेला टेन्ट र खाद्यान्न लगायतका सामग्री सहयोग गरेर आफ्नो परिवारलाई सहयोग गरेकोमा धन्यवाद दिइन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42