
उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका र धनगढी उपमहानगरपालिकाले बराबरी खेल्दै अंक बाडेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार गोकर्णेश्वर र धनगढीले १-१ गोलको बराबरी खेलेको हो।
प्रतिस्पर्धात्मक खेलमा शेरचन तामाङले गोल गर्दै गोकर्णेश्वरलाई अग्रता दिलाएकी थिइन् ।

तर, चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् ।
यस बराबरीसँगै गोकर्णेश्वरले १ खेलमा १ अंक जोडेको छ । धनगढीले २ खेलमा ४ अंक जोडेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् ।
यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 11:06
2021/09/10, 11:47
2022/07/18, 5:57
2020/08/28, 6:42