कञ्चनपुरको वेदकोटमा १९ वर्षीया ममता भइन् एमालेको वडा सचिव
2021/10/30, 10:45
 
dd

कञ्चनपुरको वेदकोट नगरपालिका -६ की ममता वडा सचिवमा चयन भएकी छिन्।

नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको वडा अधिवेशनमा उनी सर्वसम्मत रुपमा वडा सचिवमा चयन भएकी नगर प्रमुख अशोक चन्दले बताए। त्यस्तै, वडा नम्बर ४ मा १५८ पार्टि संगठित सदस्यमध्ये चन्द्रा भट्ट वडा कमिटी अध्यक्षमा चयन भएकी छिन्।

वडा नम्बर ६ मा २० वर्षीया कविता पन्त उपसचिवमा चयन भएकी छिन् भने २० वर्षीया नै मनिषा थापा नगर अधिवेशन प्रतिनिधि छनौट भएकी छिन्। नगर प्रमुख चन्दका अनुसार धेरैजसो युवा महिला वडाका पदाधिकारी र नगर अधिवेशन प्रतिनिधिमा चयन भएका छन्।