
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ ।

निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए ।
यसअघि अछाम-धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियो । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ । समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42