
नेपाल–भारत मैत्री संघ केन्द्रीय कार्यालयले कञ्चनपुरका बाढीपीडितलाई राहत प्रदान गरेको छ। गत असोज ३१ गते देखि ३ गतेसम्म परेको अविरल वर्षाले प्रभावित भएका १७४ परिवारलाई राहत प्रदान गरेको नेपाल भारत मैत्री संघका उपाध्यक्ष हरि शङ्कर ठाकुरले बताए।

उनका अनुसार बाढीले क्षति गरेको बेला प्रति घर २५ किलो चामल, २ किलो दाल, नुन र तेल सहयोग गरिएको हो। बाढी प्रभावितहरुलाई राहत वितरणको लागि केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झा, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तुल बहादुर साउद, केन्द्रीय उपाध्यक्ष हरि शङ्कर ठाकुर, महासंघका सचिव बोध कृष्ण सुवेदी, केन्द्रीय सदस्य जागृती बोगटी र कञ्चनपुर शाखाका अध्यक्ष दुर्गा बोहरा उपस्थित रहेका थिए।
संघले भोलि बाढी प्रभावित क्षेत्र टिकापुर, बर्दिया र गुलरियामा समेत राहत वितरणको कार्यक्रम राख्ने जनाएको छ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27