सुदूरपश्चिममा कोरोना परीक्षणका नमुनाहरु थपिदैं, अझै २२१६ नमुनाको नतिजा आउन बाँकी
2020/06/16, 7:29
 
korona

सुदूरपश्चिममा कोरोना परीक्षणका नमुनाहरु थपिदैं गएका छन् । विहीवारसम्म संकलन भएका २२१६ नमुना परिक्षण वाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । ती नमुनाहरु परिक्षणको क्रममा धनगढी स्थित प्रयोगशालामा रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार ११ हजार दुई ९० जनाको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ । त्यसमध्ये हालसम्म ९ हजार ७३ नमुना परिक्षण गरिएका छन् । ती जाँच गरिएका नमुनाहरुमध्ये ८ हजार ७ सय ८७ नमुनाहरु नेगेटिभ आएका छन् । अझै दुई हजार दुई सय १६ जनाको कोरोना परिक्षण वाँकी रहेको छ । निर्देशनालयका अनुसार संकलित नमूना अहिले धनगढी प्रयोगशालामा परीक्षणको क्रममा रहेका छन् ।

कोरोना परीक्षण भएकोमा तीन सय ३४ जनामा संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये ५३ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ । यस्तै धनगढीका एक संक्रमितलाई सेती प्रादेशिक अस्पतालले काठमाडौँ रेफर गरेको छ ।

¥यापिड टेस्टमा पोजेटिभ देखाएपछि कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अधिकाशंको भने पीसीआर परीक्षण बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयले भने सुदूरपश्चिममा एउटा मात्रै प्रयोगशाला भएको र आरडिटी धेरैमा पोजेटिभ देखाएकोले परीक्षणमा समस्या भएको जनाएको छ ।