सुदुरपश्चिमका विभिन्न अस्पतालबाट कोरोनाका संकास्पद ३८७ जना डिस्चार्ज १४० जना आईसोलेसनमा 
2020/06/16, 7:54
 
korona

सुदुरपश्चिमका विभिन्न अस्पतालबाट कोरोनाका संकास्पद ३८७ जना डिस्चार्ज भएका छन् । प्रदेशभरीका विभिन्न अस्पतालमा कोरोनाको आशंकामा भर्ना भएका उनीहरुलाई डिस्चार्ज गरिएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हालसम्म सवैभन्दा वढी सेती प्रादेशिक अस्पतालबाट १४३ जना डिस्चार्ज भएका छन् भने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल दार्चुलावाट सवैभन्दा कम एक एक जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएका र शंकास्पद गरी १४३ जनाको विभिन्न अस्पतालका आईसोलेसनमा उपचार भईरहेको छ ।

त्यसमा ९३ जना कोरोना पुष्टि भएका र ४७ जना कोरोनाका शंकास्पद विरामी रहेका छन् । सवैभन्दा वढी महाकालीमा ३४ जना सेती प्रादेशिक अस्पतालमा २० जना टीकापुर अस्पतालमा १७ जना र अछाम जिल्ला अस्पतालमा १० जना कोरोना पुष्टि भएका विरामीहरु आईसोलेसनमा रहेका छन् । 

त्यसैगरी जिल्ला अस्प्ताल डोटी र जिल्ला अस्पताल डडेल्धुरामा तीन तीन जना, मालाखेती अस्पतालमा दुई जना, जिल्ला अस्पताल वझांग, जिल्ला अस्पताल बाजुरा, जोगवुढा अस्पताल जिल्ला अस्पताल दार्चुलामा एक एक जनाको उपचार भईरहेको छ । सुदुरपश्चिम प्रदेशभरी ३०३ जना अटाउने क्षमताको आईसोलेसन वेड रहेका छन् ।