
सनराईज बैंक शाखा कार्यालय धनगढीले क्वारेन्टाईनमा रहेकाहरुका लागि राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ । बैंकका शाखा प्रवन्धक धर्म बिष्टको टोलीले ५० हजार बराबरको चामल, दाल, आलु र तेल धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेको हो ।

नगरप्रमुख वडले मनकारी ब्यक्ति, संघसंस्थाले गरेको सहयोगले गर्दा छाक टार्न नसक्ने र क्वारेन्टाईनमा रहेकाहरुको मुखमा माड लगाउन सजिलो भएको बताए । उनले भने, सबै सहयोगि मनहरुलाई धन्यवाद दिन चाहन्छौं ।
बैकर्स क्लवका अध्यक्ष समेत रहेका सनराईज बैंकका निर्देशक बिष्टले सामाजिक उत्तरदायीत्व अन्तरगत बैंक तथा वित्तिय संस्थाले सहयोग गर्दै आईरहेको बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38