भारतमा हुने कराँते प्रतियोगिता खेल्ने कैलालीका २० जना खेलाडीको विदाई
2021/11/11, 1:07

भारतमा हुने कराँते प्रतियोगिता खेल्ने कैलालीका २० जना खेलाडीको विदाई गरिएको छ । भारतको गुजरात राज्यको अमृतसरमा १३ र १४ नोभेम्बरमा आयोजना हुने किजी ओपन ईन्डो नेपाल कराँते च्याम्पीयनसीप खेल्ने कैलालीका २० जना खेलाडीहरुको एक कार्यक्रम गरी विदाई गरिएको हो ।


कैलालीको जानकी गाउँपालिकाका खेलाडीहरुलाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललीत खत्रीले विदाई गर्दै जितको शुभकामना दिएका छन् । जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले पनि खेलाडीहरुको विदाई गरेकी छिन् ।
२० जना खेलाडी सम्मिलित टीमको प्रशिक्षकमा बालकुमार महतो र व्यवस्थापकमा राजेन्द्र चौधरी रहेका छन् । टोली आज नै भारत प्रस्थान गरेको छ । टीमलाई ट्रयाकसुट र यातायातको व्यवस्था जानकी गाउँपालिकाले गरेको गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले बताईन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 11:06
2021/09/10, 11:47
2022/07/18, 5:57
2020/08/28, 6:42