धनगढीमा १ सय २० जना यातायात मजदुरको आरडिटी परीक्षण, १० जना पोजेटिभ
2020/06/16, 12:30
 
korona

भारतबाट भित्रिएका ब्यक्तिहरुलाई सिमा देखि क्वारेन्टाईनमा पु¥याउने काममा खटिएका यातायात मजदुरहरुको मंगलबार आरडिटी परीक्षण गरिएको छ । धनगढी उप–महानगरपालिकाले त्रिनगरभन्सार नाकामा आएका ब्यक्तिहरुलाई बोक्ने बसका १ सय २० जना चालक र सहचालकहरुको आरडिटी परीक्षण गरेको हो । परीक्षणका क्रममा १० जनामा आरडिटी पोजेटिभ देखिएको छ ।

निकै जोखिमका बिच यातायात्र मजदुरहरुले काम गरेका थिए धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, यातायात ब्यावसायीहरुको अनुरोध गरेपछि हाम्रो स्वास्थ्य शाखाका कर्मचारीहरु बिहानै देखि चेकजाँचमा खटिएका हुन ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले क्वारेन्टीनमा राखिएकाहरुमा कोरोना पोजेटिभ देखिएकाले स्वभाविक रुपमा उनिहरुलाई बोक्ने बसमा अटिएका ब्यक्तिहरु जोखिमा रहेको बताए । उनले भने, बसपार्क क्षेत्रमा चेकजाँच बढाउनु जरुरी रहेको छ ।