धनगढी उप–महानगरपालिका क्षेत्र भित्र काम गरिरहेका गैरसरकारी संस्थाले मंगलबार आगामी आर्थिक बर्ष २०७७÷०७८ को कार्यक्रम पेश गरेका छन् । गैसस समन्वय समितिका संयोजक तथा धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टका अनुसार गैससहरुले कार्यक्रममा चालु आर्थिक बर्षमा गरेका कामको समिक्षा र आगामी आर्थिक बर्ष २०७७÷०७८ को कार्यक्रम उप–महानगरपालिकामा पेश गरेका हुन ।
संयोजक भट्टले गैससहरुको कार्यक्रम आफ्नो ढाँचामा संचालन भैरहेका भएपनि अवको कार्यक्रमहरु कोरोना रोकथाममा केन्द्रित हुनुपर्ने धारणा राखिन । यहाँहरु जुनसुकै समुदाय वा लक्षित बर्गमा पसेर काम गरिर राख्नु भएको छ त्यहाँ कोरोना सम्वन्धी जनचेता फैलाउने र आयआर्जन बढाउने किसिमका गतिविधी संचालन गर्न म आग्रह गर्दछु संयोजक भट्टले भनिन्, यस्ता कार्यक्रम गर्दा डुब्लीकेशन नहुने तर्फ चनाखो हुनुहोला ।
कार्यक्रममा गैसस समन्वय समितिका सल्लाहकार तथा नगरप्रमुख नृपबहादुर वडले गैससहरु विकास निर्माणका लागि स्थानीय सरकारका साझेदार र पहरेदार भएको बताए । कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटा र बिभिन्न गैससहरुका प्रतिनिधीहरु सहभागि थिए ।