बैतडीमा राहदानी लिने बढे
2021/11/13, 1:33
 
ss

बैतडीमा राहदानी लिनेको सङख्या बढ्दै गएको छ। वैदेशिक रोजगारीमा जानका लागि राहदानी लिनेको संख्या बढ्दै गएको हो। गत २ वर्षको तथ्याङक हेर्दा जिल्लामा राहदानी लिनेहरुको सङख्यामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानाएको छ।

राहदानी फाँटमा कार्यरत नायब सुब्बा प्रकाश कार्कीका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ३ सय ३२ जनाले राहदानी लिएकोमा ७७÷७८ मा ३ सय ९२ जनाले राहदानी लिएका छन्। यस्तै चालु वर्षको ३ महिनामा १ सय २६ जनालाई राहदानी वितरण गरिएको छ।  राहदानी बनाउनेमा पुरुषकै सङख्या बढी रहेको बताइएको छ।

तुलनात्मक रूपमा राहदानी लिने महिलाको संख्या पुरूष भन्दा कम भएपनि पहिले भन्दा केही बढ्दो क्रममा रहेको बताइएको छ। बैतडीमा साधारण राहदानी बनाउने भन्दा पनि द्रुत सेवाका लागि सिफारिस लिने सेवाग्राही बढेका नायब सुब्बा कार्कीले बताए। अहिलेपनि दैनिक १० जना साधारण रहादानी बनाउने र २५ जनासम्म द्रुत सेवाका लागि सिफारिस लिने आउने गरेका उनको भनाइ छ। 

स्वदेशमा रोजगारिका सम्भावना नभएपछि अहिले यहाँका युवायुवतीहरु राहदानी बनाएर विदेश पलायन भइरहेका छन्।