रोटरी क्लबद्वारा सेती प्रादेशिक अस्पताललाई वाटर प्युरिफायर र वाटर डिस्पेन्सर हस्तान्तरण
2020/06/16, 2:08

रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई वाटर प्युरिफायर (फिल्टर) र वाटर डिस्पेन्सर उपलब्ध गराएको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गत संचालित अस्थायी कोरोना अस्पतालका बिरामीहरुको लागी सहजता होस भन्नका लागी उक्त सामाग्री हस्तान्तरण गरेको क्लबका अध्यक्ष हरिशंकर ठाकुरले बताए ।

उनले कोरोना अस्पतालमा रहेको कोरोना संक्रमित बिरामीलाई शुद्ध र तातोपानी उपलब्ध गराउन करिब ७७ हजार रुपैया बराबरको उक्त सामाग्री हस्तान्तरण गरिएको बताए । अस्पतालका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेयले उक्त फिल्टर र तातोपानीले कोरोना बिरामीलाई सहज हुने बताए ।
अहिले अस्थायी कोरोना अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 6:42
2021/01/01, 12:16
2022/08/22, 1:34
2023/12/25, 5:17
2021/08/26, 10:00