
वाई वाई यु-१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा आजको सेमिफाइनल खेलमा कैलालीले अछाम विरुद्ध ११३रनको फराकिलो जित निकालेको छ।

अछाम विरुद्द टस जित्दै ब्याटिङ्ग रोजेको कैलालीले निर्धारित ५० ओभरको खेलमा ब्याटिङ्ग गर्दै सम्पुर्ण विकेट गुमाएर १६४ रन जोड्न सफल भएको थियो। कैलालीका लागी कप्तान नारायण जोशीले सर्वाधिक ३७ रन बनाए भने अर्जुन साउदले २६ रनको योगदान दिएका थिए।
जवाफी ब्याटिङ गर्दै अछाम १५.२ ओभरमा सबै विकेट गुमाउदै ५१ रनमा समेटियो । बलिङ तर्फ कैलालीका कप्तान नारायण जोशीले ह्याटि्रक सहित ४ विकेट लिए भने शेर मल्लले समान ४ विकेट लिए ।

खेलको प्लयेर अफ दि म्याच कैलालीका कप्तान नारायण जोशी भए । बुधवार बिहान फाइनल खेल कैलाली विरुद्ध कंचनपुर बीच हुनेछ ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27