सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा स्वास्थ्यः स्वास्थ्य सुधारका लागि मात्रै सवा तीन अर्ब, कोरोना जोडिएका कार्यक्रम अत्याधिक
2020/06/16, 5:57
 
bughet

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७÷७८ को बजेटमा स्वास्थ्य क्षेत्रलाई सवैभन्दा वढी प्राथमिकतामा राखिएको छ । प्रदेश सरकारले स्वास्थ्य सुधार बर्षका रुपमा मनाउने घोषणा गर्दै स्वास्थ्य सुधारका लागि मात्रै सवा तीन अर्बको बजेट विनियोजन गरिएको हो । बजेटमा कोरोना जोडिएका कार्यक्रम पनि धेरै समावेश गरिएका छन् । 

सुदूरपश्चिमका नागरिकहरुको स्तरीय स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्दै स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरुलाई थप सहज, गुणस्तरीय एवम् व्यविस्थत बनाई महामारी लगायत अन्य रोग विरुद्ध तत्काल प्रतिरोध गर्न सक्ने क्षमता विस्ता गर्न आगामी आर्थिक बर्ष २०७७, ७८ लाई स्वास्थ्य सेवा सुधार वर्षको रुपमा मनाउन समग्र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमितामा राखेको भन्दै उल्लेख्य बजेट वृद्धि गर्दै ३ अर्ब २६ करोड ६६ लाख पुराईएको बजेटमा उल्लेख गरिएको छ । 

महामारी लगायत अन्य रोगको विरुद्ध तत्काल लड्न सक्ने क्षमता विस्तार गर्ने कार्यलाई प्रदेश सरकारले उच्च प्राथपमकता दिएको छ । स्थानीय तहको समन्वय र सहकायर्मा स्वास्थ्य संस्थाको पहँुचभन्दा टाढा रहेका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशभरी प्रस्तुती भवन निर्माण, शहरी स्वास्थ्य केन्द्र। सामुदायिक स्वास्थ्य ईकाई, मातृ तथा बाल स्वास्थ्य लगायतका स्वास्थ्य सेवा प्रवाह विस्तार गर्नका लागि १९ करोड ९५ लाख बजेट विनियोजन भएको छ । 

कोभिड १९ महामारी संक्रमण उपचारको लागि टिकापर सहित अछाम, बाजुरा, बझांग, डोटी, बैतडी र दाचुलामा १० शैयाको भवन निर्माण, औजार एवं उपकरण र सोको संचालन एवं व्यवस्थापनको लागि ५ करोड १५ लाख, सवारी दुर्घटनाबाट हुने घाईतेको तत्काल उपचारको लागि सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर, टिकापुर अस्पताल परिसरमा सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना एवम संचालनको लागि ३ करोड, न्याय अस्पताल अछामलाई  ७ करोड र सामदायिक अस्पताल लम्की चुहालाई १ करोड अनुदान,  प्रदेशका मुख्य १० mवटा रोगहरुमा ४ वटा रोगहरु खानेपानीसँग सम्बिन्धत रहेकाले ९ वटै  िजल्लाका स्वास्थ्य कार्यालयहरुमा खानेपानी नमूना परिक्षणको लागि प्रयोगशाला विस्तार एवं जिल्लास्तरमा नमूना गुणस्तर सुनिश्चिताको लागि १ करोड ३५ लाख, प्रदेशस्तरको जनस्वास्थ्य प्रयोगशालालाई थप व्यविस्थत बनाउनको लागि आवश्यक बजेट विनियोजन गरेको बजेटमा भनिएको छ । 

परिवार स्वास्थ्य, बाल स्वास्थ्य, महामारी व्यवस्थापन, स्वास्थ्य सेवा पवद्र्धन लगायतका मख्य जनस्वास्थ्यसेवाका कार्यकर्ताहरुको लागि  ३८ करोड, प्रदेशका ९ वटै जिल्लामा विशेषज्ञ चिकित्सकीय सेवा र सर्जिकल सुविधा सहितको शिविर संचालनको लागि ९० लाख, जटिल प्रसुती तथा विपद् र कडा रोगीको हवाई उद्धार मार्फत स्वास्थ्य संस्थामा आकस्मिक पोषणका लागि ५० लाख, नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न र जनस्वास्थ्य प्रवद्र्धनको लागि बिहान वा बेलुका हिड्ने, दौडने वा शारीरिक स्फूर्ति बढाउने बानी विकास गर्न “म हिड्छु, मेरो प्रदेश हिड्छ“ अभियान संचालनको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । 

प्रदेशभर मधमुेह, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, उच्च रक्तचाप, मटुु रोग, मृगौला रोग लगायतका नसर्ने रोगको जोखिम पहिचान एवम् न्यूनीकरणको लागि ९ वटै जिल्लाको विकट स्थानहरुमा स्कीनिंग अभियानहरु संचालन गर्नको लागि १ करोड, प्रदेशस्तरमा आयुर्वेदिक चिकित्सा होमियोप्याथिक चिकित्सा लगायतका प्राकृति चिकित्सा प्रणालीको संरक्षण, सम्बद्र्धन एवम् विकासका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय स्थापना एवं संचालनका लागि २ करोड, सेती आयुर्वेद औषधालयमा योग तथा मेडिटेशन भवन निर्माण र महाकाली आयुर्वेदि औषधालय कञ्चनपरमा प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रको लागि १ करोड ५० लाख, कोभिड १९ लगायतका महामारी रोगको रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनको लागि छ करोड, टिकापुर अस्पताल सहित अछाम, बाजरा, बझांग, डोटी, बैतडी र दाचर्लाका जिल्ला  अस्पतालहरुमा महामारी व्यवस्थापनको लागि प्रयोग हुने आईसोलेशन भवन निर्माणका लागि ४ करोड ५५ लाख रकम बजेट विनियोजन गरिएको छ । 

जनआन्दोलन तथा सशस्त्र द्धन्द्धको बेला घाइते, विपन्न व्यक्तीहरुको निःशुल्क उपचारको लागि १ करोड ७० लाख, कैलाली र कंचनपरका थारु समदायमा रहेको सिकेलसेल एनिमिया तथा थालेसेमिया रोगको रोकथाम तथा उपचार गर्न र प्रदेशमा रहेका करिब ६०३७ महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुराउदै आएको योगदानको उच्च कदर गर्दै महिला स्वास्थ्य स्वयसेविकाहरुको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रको लागि आवश्यक बजेट विनियोजन गरिएको प्रदेश सरकारको बजेटमा उल्लेख गरिएको छ । 

आर्थिक रुपमा विपन्न नागरिकको औषधोपचारमा आर्थिक सहायताको लागि एक करोड २० लाख, ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि मुख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिदैं १ करोड ५७ लाख, प्रादेशिक स्वास्थ्य नीति, मानसिक स्वास्थ्य रणनीति र आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिएको आगामी बर्षको बजेटमा समावेश गरिएको छ ।