कैलालीको गौरीगंगा नगरपालिका–४, की ७ वर्षिया बालिका बलात्कृत गरेको आरोप लागेका ८० वर्षिय बालाराम सुवेदी कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशमा छुटेका छन् ।
पीडित पक्षले दिएको किटानी जाहेरी, पीडितको मौकाको कागज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतका मिसिल संलग्न कागजातका आधारमा अहिले नै प्रतिवादी निर्दोश हुन भन्न नसकिने अवस्था रहे पनि प्रतिवादीको उमेरको अवस्था हेर्दा उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न मनासिव नदेखिएको भन्दै पछि थप प्रमाणका आधारमा ५० हजार रुपैयाँ धरौटी लिई तारिमा छाडिएको अदालतको मिसिलमा उल्लेख छ । जबकी, यौनजन्य अपराध सम्बन्धी शारीरिक परीक्षण प्रतिवेदनमा बालिकाको यौनीमा यौनजन्य पदार्थ थुप्रिएको र योनी च्यातिएको भन्ने उल्लेख छ ।
स्वास्थ्य प्रतिवेदनले उनको योनीमा चोट लागेको प्रमाणित गरेपनि अदालतको मिसिलले भने पर्याप्त प्रमाण नदेखिएको भन्दै पीडक सुवेदीलाई धरौटीमा जेठ २७ गते छोडेको हो । बलात्कार भएको अस्पतालको प्रमाण देखिँदा देखिँदै पनि पीडकलाई धरौटीमा छोडिँदा आफूले न्याय नपाएको बताउँदै पीडित बालिकाका आमाले भनिन्,‘पीडकमाथि कानुनी कारबाही हुनु पथ्र्यो, त्यो भएन ।’ पीडकले नै आफूकहाँ आएर आफूले गल्ती भएको भन्दै क्षमा मागेको बताउँदै उनले भनिन्,‘उल्टै हामीलाई मिल्नु परो, केही पैसा दिउँला भन्दै मिलाइदिन आफन्त र पीडक घरमा धाएका धायै थिए ।’
अदालतबाटै पीडक छुटेर आफ्नै घर अगाडि आउँदा आफूहरुलाई राज्यले नहेरेको भान भएको बताउँदै उनी भन्छिन्,‘यस्तो जघन्य अपराधमा पनि अदालतले किन हामीमाथि खेलवाड ग¥यो, बुझ्नै सकिरहेका छैनौ ।’