‘कोरोना भाइरसबाट जीवन रक्षा गर्ने औषधी भेटियो’
2020/06/17, 7:54
 
korona


एक सस्तो र सहजै पाइने औषधी कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामीहरुको जीवन बचाउनको लागि सहयोग गर्ने बेलायती वैज्ञानिहरुले बताएका छन् । बेलायती विशेषज्ञहरुका अनुसार कम डोजको स्टोरोयड औषधि डेक्सामेथासोन घातक कोरोना भाइरस विरुद्धको लडाइँमा एक ठूलो सफलता हो । यो औषधिले भेन्टिलेटरमा हुने मृत्युको जोखिमलाई एक तिहाइले घटाएको छ ।

त्यस्तै अक्सिजनको सहायतामा उपचार गराइरहेकाको हुने मृत्यु २० प्रतिशतसम्म कम भएको छ । कोरोना महामारीको सुरुवातमा बेलायतमा बिरामीको उपचारको लागि यो औषधि प्रयोग गरिएको भए पाँच हजार जनाको ज्यान बचाउने सकिने एक अध्ययनमा भनिएको छ । साथै कोभिड–१९ बिरामीहरुको धेरै सङ्ख्या भएका गरिब देशहरुले यसको लाभ लिन सक्थे । कोरोना सङ्क्रमित २० मध्ये १९ जना अस्पतालमा भर्ना नभइकन नै ठिक हुन्थे ।

अस्पतालमा भर्ना भएकामध्ये पनि अधिकांश ठिक हुन्थे तर केहीलाई अक्सिजन र मेकानिकल भेन्टिलेसनको आवश्यकता पर्दथ्यो । उच्च जोखिम भएका बिरामीलाईलाई डेक्सामेथासोनले सहयोग गरेको देखिन्छ । यो औषधिलाई पहिलेदेखि नै सुन्निने क्रम कम गर्नको लागि प्रयोग गरिन्थ्यो र शरीरमा हुने हानीलाई रोक्न मद्दत गरेको देखिन्थ्यो । कोरोना भाइरसँग जुध्ने क्रममा शरीरको प्रतिरक्षा प्रणाली ओभरड्राइभ हुँदा पनि यो औषधिले मद्दत गरेको देखिएको थियो ।

परीक्षणमा अक्सफोर्ड विश्वविद्यालयका एक दलको नेतृत्वमा झण्डै २००० जना अस्पतालका बिरामीलाई डेक्सामेथासोन दिइयो र उनीहरुको तुलाना ४००० जना भन्दा धेरैसँग गरियो, जसले यो औषधि लिएका थिएनन् । भेन्टिलेटमा रहेको बिरामीको मृत्युको जोखिमलाई यो औषधिले ४० देखि २८ प्रतिशतसम्म घटाएका पाइयो ।

साथै अक्सिजनको सहायतामा उपचार गराइरहेका बिरामीको मृत्युको जोखिम २५ देखि २० प्रतिशतसम्म घटाएको पाइयो । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता पीटर हार्बीले एक बयानमा यो निकै उत्साहजनक भएको बताएका छन् । र चाँडै नै अध्ययनलाई प्रकाशित गरिने बताइएको छ ।