धनगढी उप–महानगरपालिका ८ क्याम्पस चौकमा सर्वसाधारणका लागि फिल्टर सहितको चिसो पानीको ट्यांकी जडान गरिएको छ । धनगढी उप–महानगरपालिका, बिजया सिमेन्ट र केहि स्थानीयको सहयोगमा फिल्टर सहित चिसो पानीको ट्यांकीको ब्यबस्था गरिएको हो । बुधवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उक्त ट्यांकीलाई संचालनमा ल्याएका हुन ।
ट्यांकीबाट तीवटा धाराहरु तयार गरिएका छन् जसमध्य २ वडा टुटीबाट चिसो र १ वडा टुटीबाट सामान्य पानी सर्वसाधारणले पिउन सक्ने ब्यबस्था गरिएको छ । यस ट्यांकी र फिल्टरको सुरक्षा स्थानीयबाट हुनुपर्छ नगरप्रमुख वडले भने, कति दिगो बनाउने भन्ने जिम्मा पनि स्थानीयको नै हो । धनगढीका मनकारीहरुले कोरोनाको अवस्थामा पनि ठूलो सहयोग गरिरहेको नगरप्रमुख वडले बताए । उनले भने, अहिले अवस्था झन जटिल बन्दै गैरहेको छ त्यसैले अतिआवश्यकीय काम बाहेक घरबाट बाहिर ननिस्कन नगरवासीमा अनुरोध गर्दछु ।
पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता प्यारेलाल रानाले धनगढी उप–महानगरपालिकाले नगरवासी संग समन्वय गरेर थुप्रै उदारणिय काम गरेको बताए । वडा नं ८ का अध्यक्ष नारायण प्रसाद बरालले बिजया सिमेन्टका प्रतिनिधी राम अवतार जोशी, स्थानीय समाजसेवी जयबहादुर कार्की, लोकेन्द्र मल्ल,मोहन ओझाहरुको सहयोग तथा वडाको समन्वयमा फिल्टर सहितको सफा पानी पिउने ब्यबस्था भएको बताए ।
कार्यक्रम शिवनगर खानेपानी उपभोक्ता समितिका सचिव मोहन ओझाले संचालन गरेका थिए । उनले यस ट्यांकीबाट उपलब्ध गराउने पानीमा शिवनगर खानेपानी उपभोक्ता समितिले ५० प्रतिशत छुट गराउने बताए ।