
बैतडीमा ज्यान मार्ने धम्की दिएर गहना लुट्ने दुई जना पक्राउ परेका छन् । बझाङको बित्थडचिर गाउँपालिका ७ का २७ वर्षीय बिर्ख लुहार र बैतडीको सिगास गाउँपालिका ७ का प्रकाश बोहरा पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्खले सिगास गाउँपालिका ७ अगुरालीकी ४४ बर्षीया नर्मा बोहराले कानमा लगाएको सुनका गहना लुटेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले कैची देखाएर ज्यान मार्ने धम्की दिदै गहना लुटेका थिए ।
यस्तै बिर्खबाट मुन्द्रा किन्ने प्रकाशलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38