प्रधानमन्त्री महिला कप क्रिकेटः कर्णाली प्रदेश ६ रनमै अलआउट
2021/12/18, 1:44
 
ss

धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ । 

प्रदेश एकले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो बर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा ७ जना खेलाडी भने शुन्यमा आउट भए । प्रदेश नम्बर १ का लागि अलिशा खडीयाले ५ विकेट लिईन् । त्यस्तै संगीता राईले दुई र सबनभ राईले एक विकेट लिईन् । 

आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश भिड्दैछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा  सञ्चालन हुन लागेको प्रतियोगिता पुस  ११ गते सम्पन्न हुनेछ । ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए। समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बि मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । 

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।