प्रधानमन्त्री कपः बागमती प्रदेश्माथि लुम्बिनी प्रदेशको सानदार जित
2021/12/18, 4:49
 
news

धनगढीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको दोस्रो खेल बागती प्रदेशमाथि लुम्बिनी प्रदेशले सानदार जित दर्ता गरेको छ ।

टस जितेर पहिले व्याटिङ गर्दै बागमति प्रदेशले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनायो । बागमतिका लागि हेलिशा गुरुगले २८ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बागमतिले १५ रन अतिरिक्त पायो । लुम्बिनीका लागि मधु डिसीले ३ विकेट र सुस्मिता भुषालले २ विकेट लिईन् । नेरी थापा र सरस्वती जिएमले एक एक विकेट लिईन् । 

लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा ३ विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ । लुम्बिनीलाई जिताउन कप्तान सरस्वति जिएमले सर्वाधिक २९ रन बनाईन् । नितु भण्डारीले १४ रन बनाउँदा टीमले १४ रन नै अतिरिक्त पायो । बागमतिका लागि अस्मिना कर्माचार्य, आरती विडारी र खुशी डंगालले एक एक विकेट लिईन् ।