प्रधानमन्त्री कप महिला क्रिकेटः प्रदेश नम्बर १ ले बागमतिलाई दियो ११५ रनको लक्ष्य (LIVE )
2021/12/19, 3:00
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश नम्बर १ र बागमति प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । प्रदेश नम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दै वागमति प्रदेशलाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।

प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनाएको छ । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । ६२ वलको सामना गरेकी उनले ५१ रन बनाईन् ।
त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् । वागमति प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिईन् । पहिलो खेलमा प्रदेश नम्बर १ ले जित हात पारेको थियो भने बागमति प्रदेश लुम्बिनी प्रदेशसँग पराजित भएको थियो ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:34
2025/02/13, 1:11
2020/06/14, 4:27
2020/10/18, 11:35
2021/06/28, 4:25